Teenpatey – Dekhera Timilai – Lyrics [Sujan Chapagain & Bidhya Tiwari]

गीत: तीनपाते – देखेर तिमीलाई
गायन: सुरज चापागाई र विद्या तिवारी
शब्द: हर्क साउद
संगीत: सुरज चापागाई

शब्दः

लै लै लै
लै लै लै

लै लै लै
लै लै लै

[हरफ १: सुरज चापागाई]
देखेर तिमीलाई, हेरेर तिमीलाई
तिमीलाई, तिमीलाई
भेटेर तिमीलाई, सम्झेर तिमीलाई
तिमीलाई, तिमीलाई
देखेर तिमीलाई, हेरेर तिमीलाई
भेटेर तिमीलाई, सम्झेर तिमीलाई
मनै मनमा माया तीनपाते भैदियो
मनै मनमा माया तीनपाते भैदियो

[हरफ २: विद्या तिवारी]
विपनीमा तिमीलाई, सपनीमा तिमीलाई
तिमीलाई, तिमीलाई
दिनैरात तिमीलाई, सम्झेर तिमीलाई
तिमीलाई, तिमीलाई
विपनीमा तिमीलाई, सपनीमा तिमीलाई
दिनैरात तिमीलाई, सम्झेर तिमीलाई
मेरो रसरङ्ग सबै, तिमी तिरै गइदियो
मेरो रसरङ्ग सबै, तिमी तिरै गइदियो

[हरफ ३ : सुरज चापागाई र विद्या तिवारी]
बाँसै काटी चोया, चोया खिपी डोको
तिमी सँगै घामछाँया हुने मनको धोको
बाँसै काटी चोया, चोया खिपी डोको
तिमीसँगै घामछाँया हुने मनको धोको

[हरफ ४: विद्या तिवारी]
शिरैफूल शिरैमा लाउँला कसरी
नौ-गेडी गलैमा लाउँला कसरी
ओठैमा हाँसो आउला कसरी ?
ओठैमा हाँसो आउला कसरी ?
सुन्छु नि कानै भरि
मन उड्छ डाँडै पारि
सुन्छु नि कानै भरि
मन उड्छ डाँडै पारि

[हरफ ५: सुरज चापागाई]
आफैं मुस्काउ मुसुक्क
जुनतारा टिपी कोहीँ दिदैन
थोपा थोपा मिली बग्छ खोला
सागर कुनै मुहान हुँदैन
रात पछि हुन्छ उजेली
मनचरी गाउ सुसेली
रात पछि हुन्छ उजेली
मनचरी गाउ सुसेली

[हरफ ६: सुरज चापागाई र विद्या तिवारी]
आउ समाउ, यी नाडी मेरा
तिम्रै नाम, दिनरात चल्छ
उठाउ यी मेरा नजरका घुम्टोहरु
तिम्रै मुहार हेर्न चञ्चल छन्
आउ समाउ, यी नाडी मेरा
तिम्रै नाम, दिनरात चल्छन्
उठाउ यी मेरा नजरका घुम्टोहरु
तिम्रै मुहार हेर्न चञ्चल छन्
मनै मनमा माया तीनपाते भैदियो
मेरो रसरङ्ग सबै, तिमीतिरै गैदियो!

This entry was posted in Music, Music Video and tagged , , , , , , , , , , . Bookmark the permalink.

Leave a comment